ताजा समाचार


कल बाइपासमा संलग्न दुई जना पक्राउ

द रियल समाचार     २०७८ बैशाख ५, आईतवार, १६: ०३ मा प्रकाशित




काठमाण्डौ । केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले कल बाइपासमा संलग्न दुई जनालाई पक्राउ गरेको छ ।

काठमाण्डौमा बसी सरकारबाट कुनैपनि अनुमति नलिई गैर कानुनीरुपमा अन्तराष्ट्रिय कल सेवा सञ्चलान गरिरहेका एक भारतीयसहित दुई जना पक्राउ परेका हुन् । पक्राउ पर्नेहरुमा भारत पञ्जाब निवासी ३१ वर्षीय राना शाह र बंगालदेशी मूलका नेपाली नागरिक स्यामुल खाँन भन्ने मोसलिम मियाँ रहेका छन् ।

उनीहरुले गैरकानुनीरुपमा अन्तर्राष्ट्रिय आगमन कल सञ्चालन गर्ने उपकरणहरु राखी कल बाइपास गरिरहेको सूचना आएपछि आधारमा छापा मार्दा उनीहरु पक्राउ परेको सिआइबी प्रवक्ता गंगा पन्तले जानकारी दिइन् ।

पन्तका अनुसार पक्राउ परेका उनीहरुले काठमाडौंको चन्द्रगिरी नगरपालिकास्थित श्यामकृष्ण श्रेष्ठको घरमा उपकरण राखी कल बाइपास सञ्चालन गर्दै आएका थिए ।

प्रहरीले उनीहरुको साथबाट ६४ पोर्टको जीओआइपी गेट वे नामक उपकरणसहित विभिन्न विद्युतीय उपकरणहरु बरामद गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top