ताजा समाचार


केही दिनमै नयाँ सरकार बन्ने प्रचण्डको दाबी

द रियल समाचार     २०७८ बैशाख ५, आईतवार, १५: ४९ मा प्रकाशित




काठमाण्डौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केही दिनमै नयाँ सरकार बन्ने दाबी गरेका छन् ।

चितवनको माढीमा आइतबार युवा संघको कार्यक्रमलाई सम्बोधन गर्दै उनले वर्तमान सरकार निरङ्कुश र असंवैधानिक भएको भन्दै आफूहरु त्यसलाई ठेगान लगाउने अन्तिम तयारीमा रहेको बताए ।

उनले भने, ‘निरङ्कुश, स्वेच्छाचारी, अलोकतान्त्रिक र असंवैधानिक सरकारलाई ठेगान लगाउने अन्तिम तयारीमा हामी छौं ।’ केन्द्रमा पनि संसद विघटनविरुद्ध सडकमा गएका दलहरु मिलेर जनपक्षीय र मुद्दामा आधारित सरकार बनाउनुपर्ने उनले बताए ।

चितवनबाट काठमाडौं गएलगतै दलहरुको बैठक बस्ने भन्दै प्रचण्डले भने, ‘मलाई लाग्छ, केन्द्रमा नै केहीदिनमा एउटा नयाँ कायापलट हुनैपर्छ, हुँदैछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top