काठमाण्डौ । नेकपा माओवादी केन्द्रले सोमबार स्थायी कमिटी बैठक बोलाएको छ । समसामयिक राजनीतिक विषयमा छलफल गर्नका लागि स्थायी कमिटीको बैठक बोलाएको हो ।
दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्नेगरी बैठक बोलाइएको हो । माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता नलिएको भन्दै कांग्रेस र जसपाले गठबन्धनको सरकार बनाउन आनाकानी गरिरहेका छन् ।
प्रचण्डले ओली प्रतिगमनको बाटोमा लागेको भन्दै सरकारबाट हटाउन पहल गरिरहेका छन् । यसै क्रममा प्रचण्डले पछिल्लो समय विभिन्न कार्यक्रमहरूमा बोल्ने क्रममा संघ, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा छिट्टै सरकार परिवर्तन हुने दाबी गर्दै आएका छन् ।
प्रतिक्रिया