काठमाण्डौ । राष्ट्रियसभाबाट पदमुक्त भएका गृहमन्त्री रामबहादुर थापा बादल पुनः गृहमन्त्रीमै नियुक्त भएका छन् । उनलाई प्रधानमन्त्री केपी शर्मा ओलीले पुनः गृहमन्त्रीमै नियुक्त गरेका हुन् ।
बादलको आजै साँझ ५ बजे राष्ट्रपति भवनमा सपथग्रहण हुने भएको छ । आजै सपथग्रहणको समय तय भइसकेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।
नेकपा माओवादी केन्द्रबाट २०७४ सालमा राष्ट्रियसभा सदस्य निर्वाचित भएका बादल एमालेमा लागेपछि उनको पद रिक्त गराउन माओवादीले लिखित पत्र दिएको थियो ।
संसद सचिवालयले आज बिहान बादलको पद रिक्त भएको सूचनामार्फत् जानकारी गराएको छ ।
प्रतिक्रिया