ताजा समाचार


वीरगञ्जमा कोरोना संक्रमित एक महिलाको मृत्यु

द रियल समाचार     २०७८ बैशाख ५, आईतवार, १५: १६ मा प्रकाशित




पर्सा । पर्साको वीरगञ्जमा कोरोना संक्रमित एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा वीरगञ्ज–१६ नगवा बस्ने ५१ वर्षीया महिला रहेको बताइएको छ ।

नारायणी उपक्षेत्रिय अस्पतालको आइसोलेसन वार्डमा उपचारको क्रममा आइतबार दिउँसो १ बजेर ४० मिनेटमा उनको मृत्यु भएको डाक्टर निरज सिंहले जानकारी दिए ।

ज्वरो र खोकी लागेपछि उनलाई शनिबार उपचारका लागि नारायणी अस्पताल ल्याइएको थियो । उपचारको क्रममा उनलाई निमोनिया भएको पत्ता लागेको थियो ।

नारायणी अस्पतालकै प्रयोगशालामा गरिएको पीसीआर परीक्षण उनको रिपोर्ट पोजेटिभ आएको थियो । यससँगै पर्सामा मात्रै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५५ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top