ताजा समाचार


तिन घण्टाको अन्तरालमा तिन संक्रमितको मृत्यु

द रियल समाचार     २०७८ बैशाख ५, आईतवार, १५: १० मा प्रकाशित




बाँके । नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचार गराइरहेका ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

कोरोना विशेष वार्डमा उपचार गराइरहेका ३ संक्रमितको तीन घण्टाको अन्तरालमा मृत्यु भएको जिल्ला संकट व्यवस्थापन समिति बाँकेका कोरोना स्रोत व्यक्ति तेज वलीले जानकारी दिए ।

उनका अनुसार भेरी अस्पतालमा उपचाररत राजापुर नगरपालिका–१ बर्दिया निवासी ७३ वर्षीय पुरुषको शनिबार बेलुका ७ बजे मृत्यु भएको थियो । त्यसको ठीक ४० मिनेटपछि बाँकेको बैजनाथ गाउँपालिका–८ निवासी ७८ वर्षीया महिलाको ज्यान गयो ।

त्यस्तै शनिबार राति साढे ९ बजे नै दैलेखको नारायण नगरपालिका–१ की ६८ वर्षीयाकोरोना महिलाको पनि मृत्यु भएको भेरी अस्पताल स्रोतले बतायो ।

यससँगै बाँकेमा उपचारका लागि बाहिरी जिल्लाबाट आएर ज्यान गुमाउने कोरोना संक्रमितको संख्या ९६ पुगेको छ । कोरोना संक्रमणबाट बाँके जिल्लाका ६० जनाले ज्यान गुमाइसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top