ताजा समाचार


नेदरल्याण्डमाथि नेपालको सानदार जित

द रियल समाचार     २०७८ बैशाख ४, शनिबार, १८: १८ मा प्रकाशित




काठमाण्डौ । नेपाल क्रिकेट संघ (क्यान) ले आयोजना गरेको त्रिदेशीय टि–२० अन्तर्राष्टिय सिरिजको उद्घाटन खेलमा नेपालले सानदार जित निकालेको

नेदरल्याण्डमाथि नेपालले ९ विकेटको जित निकालेको हो । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नेपालले टस जितेर बलिङ रोजपछि पहिले नेदरल्याण्डले ब्याटिङ गरेको थियो । नेदरल्याण्डले २० ओभरमा ४ विकेट गुमाएर १३६ रन बनाएको थियो । १३७ रनको लक्ष्य पछ्याएका नेपाली ब्याट्सम्यानले १५ ओभरमा १ विकेट गुमाएर लक्ष्य पूरा गरे ।

नेपालको जितका लागि कुशल भुर्तेल उत्कृष्ट प्रदर्शन गरे । आफ्नो टी–२० अन्तर्राष्ट्रिय खेलको डेब्यू खेलमै उनले ४५ बलमा ५चौका र ५ छक्कासहति ६२ रन बनाए । पहिलो विकेटका लागि कुशल र आसिफले ७६ बलमा ११६ रनको साझेदारी गरे । अर्का ओपनर आसिफ शेखले ३८ बलमा ५४ रन बनाएर अविजित रहे । तेस्रो नम्बरमा ब्याटिङमा आएका कप्तान ज्ञानेन्द्र मल्ल ७ बलमा १३ रन बनाए । पहिलो इनिङमा नेदरल्याण्डले नेपालविरुद्ध सुस्त ब्याटिङ गरेको थियो ।

नेदरल्यान्डका लागि बास डि लीडले सर्वाधिक ४१ रन बनाए । उनले ४९ बलको सामना गर्दा ३ चौका र २ छक्का प्रहार गरे । स्कट एडवार्ड ३२ बलमा ३० रन बनाए । कप्तान पिटर सिलार अविजित २२ रन बनाए । १७ बलमा उनले २ चौक १ छक्का प्रहार गरे । एन्टोनियस सटल ९ बलमा अविजित २० रन जोडे । अन्तिमका ३ ओभरमा मात्रै नेदरल्याण्डका ब्याट्सम्यानले ३६ रन जोड्न सफल भए । नेपालका लागि सन्दीप लामिछाने २ विकेट लिँदा साहब आलम र सोमपाल कामी १–१ विकेट लिए ।

नेपालका लागि पहिलो विकेट सन्दीप लामिछानेले लिएका थिए। लामिछानेले दोस्रो ओभरको अन्तिम बलमा नेदरल्याण्डको विकेट लिएका हुन् । उनले ११ बलमा १० रन बनाएर खेलिरहेको ओपनर म्याक्स दोवडलाई एलबीडब्लु आउट गराएका हुन् । नेपालका लागि दोस्रो विकेट सोमपाल कामीले लिएका थिए , उनले तेस्रो ओभरको चौथो बलमा सोमपालले शून्य रनमा एलबीडब्लु आउट गराएका हुन् । १४औँ ओभरको पाचौँ बलमा शाहब आलमले नेपालका लागि तेस्रो विकेट लिएका थिए ।

नेदरल्याण्डका ओपनर स्कट एडवार्डसलाई आरिफ शेखको हातबाट क्याच गराएका हुन्। एडवार्डसले ३२ बलमा ३० रन बनाएर आउट भएका हुन् ।नेपाली पहिलो र दोस्रो विकेट छिटै लिएपछि तेस्रो विकेटका लागि नेदरल्याण्डका ब्याट्सम्यानले ६१ रनको साझेदारी गरेका थिए।

सन्दीप लामिछानेले नेदरल्याण्डको चौथो विकेट झारेका थिए । १७औँओभरको अन्तिमा बलमा लामिछानेले ४१ रन बनाएर खेलिरहेका नेदरल्याडका बास डे लीडलाई कुशल भुर्तेलबाट क्याच गराएका थिए । आइतबार मलेसिया र नेदरल्याण्डबीच खेल हुनेछ । नेपालले अर्काे खेल सोमबार मलेसियासँग खेल्दैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top