ताजा समाचार


सम्भव भए बैशाख महिना भित्रै रेल चल्छ : मन्त्री नेम्वाङ्ग

द रियल समाचार     २०७८ बैशाख ४, शनिबार, १८: ०५ मा प्रकाशित




जनकपुरधाम । भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्त कुमार नेम्वाङ्गले बैशाख महिना भित्रै जनकपुरधाम–जयनगर रेल चलाउने सरकारको आन्तरिक तयारी रहेको बताएका छन् ।

शनिबार जनकपुरधाममा आयोजित एक पत्रकार सम्मेलनमा बोल्दै मन्त्री नेम्वाङ्गले नयाँ वर्षको नयाँ महिनाभित्रै रेल चलाउने सरकारको योजना रहेको बताए । उनले भने,‘रेल छिटो चलाउनुपर्ने भएकोले कर्मचारीहरु जनकपुरधाम आइसकेका छन् । उनीहरुलाई दक्ष बनाउन दुई÷चार दिनदेखि तालिम समेत सञ्चालन भईरहेको छ । अब सम्भव भए बैशाख भित्रै हामी रेल चलाउँछौ ।’

रेल चलाउने योजना सरकारको यसअघि नै रहेपनि लकडाउन र कर्मचारी अभावका कारण चल्न नसेकेको भन्दै मन्त्री नेम्वाङ्गले ति सबै कुराहरु अब व्यवस्थापन भइसकेकोले चाँडै रेल गुड्ने कुरामाथि विश्वास गर्न सर्वसाधारणसँग आग्रह गरेका छन् । कोभिड र दुई देशबिचको सिमानाका बन्द भएका कारण समस्याहरु सिर्जना भएको भन्दै उनले अब यी समस्याहरुलाई निराकरण गर्नका लागि सरकार लागिपरेकोले सबैजनालाई विश्वस्त रहन आग्रह समेत गरे ।

जयनगर–जनकपुरधाम रेल्वेको विस्तार गर्दैै यसलाई भारतसँग दक्षिण र उत्तरको राजमार्गमा जोड्ने आयोजनाको ३५ किलोमिटर निर्माण सम्पन्न भइसकेको छ,‘उनले भने,‘महोत्तरीको बर्दिबाससम्म पूर्व पश्चिम चल्ने विद्युतिय रेलमार्गसँगै जोडेर त्यस ठाउँमा जग्गा व्यवस्थापन गरि रेल्वे सब स्टेशन समेत चाँडै बनाइनेछ ।’

गएको वर्षदेखि नै समग्र विश्वलगायत नेपाल पनि कोरोना महामारीको चपेटामा रहेको कुरा सर्वविदित रहेकाले समयमै रेल सञ्चालन हुन नसक्नु दुःखद रहेको सुनाउँदै मन्त्री नेम्वाङ्गले कोरोनाले अब प्रभावित नगरे जनताको चाहना बमोजिम बैशाख भित्र कुनैपनि हालतमा रेल चलाएरै छाड्ने प्रतिबद्धता समेत जनाएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top