ताजा समाचार


ब्राजिलद्वारा ‘गर्भाधान प्रक्रिया’ मा ढिलाई गर्न महिलाहरुसमक्ष अपिल

द रियल समाचार     २०७८ बैशाख ४, शनिबार, १३: २६ मा प्रकाशित




एजेन्सी । ब्राजिल सरकारले ‘गर्भाधान प्रक्रिया’ मा ढिलाई गर्न महिलाहरुसमक्ष अपिल गरेको छ । देशमा कोरोना भाइरसको नयाँ स्वरुपले आतंक मच्चाइरहेको र खोपको जोखिम कायमै रहेकाले बच्चा जन्माउनका लागि यो सही समय नरहेको स्वास्थ मन्त्रालयले जनाएको छ ।

‘यदी सम्भव छ भने सही अवस्था नआउदाँसम्म गर्भधरणमा केही ढिलाई गर्नुस्,’ स्वास्थ मन्त्रालयका अधिकारी राफेल प्यारेन्टेले पत्रकार सम्मेलनमा भने । ब्राजिलमा फैलिएको पी वान स्वरुपको कोरोना भाइरसले गर्भवती महिलामा धेरै असर गर्ने चेतावनी पनि उनले दिए ।

ब्राजिलमा अहिलेसम्म १ करोड ३७ लाखभन्दा धेरैमा कोरोना संक्रमण भइसकेको छ । त्यस्तै ३ लाख ६५ हजारभन्दा धेरैले ज्यान गुमाइसकेका छन् । अमेरिकापछि कोरोनाका कारण सर्वाधिक धेरै मृत्यु हुने देशको सुचीमा ब्राजिल दोस्रोमा छ । ब्राजिलमा कोरोनाका कारण बाल मृत्युदर पनि बढेको छ ।

यहाँ गत वर्षको फेब्रुअरीयता एक वर्षभन्दा मुनीका ५ सय १८ देखि १ हजार ३ जना शिशुहरुको मृत्यु भएको तथ्याङ्क बीबीसीले सार्वजनिक गरेको थियो । ब्राजिलमा संक्रमणदर र मृत्युदर उच्च रहेका कारण शिशुहरुको मृत्यु पनि धेरै भएको विज्ञहरु बताउँछन् । पी वान स्वरुपको भाइरस संक्रमण तिव्र फैलनुको प्रमुख कारण रहेको अनुमान लगाइएको छ ।

पहिलोपटक ब्राजिलको मानासस्थित अमेजन शहरमा पहिचान भएको पि वान स्वरुप निकै तिव्र फैलने र यसले युवाहरुलाई अत्यधिक असर गर्ने गरेको वैज्ञानिकहरु छन् । यो स्वरुपले खोप र एन्डिबडिजहरुको पनि प्रतिरोध गर्नसक्ने वैज्ञानिकहरुले बताउँदै आएका छन् । भाइरससँगै खोपले पनि गर्भवती महिलाहरुमा समस्या सिर्जना गर्नसक्ने वैज्ञानिकहरुको तर्क छ ।

खोप र प्रतिरोधका लागि बेलायतको संयुक्त कमिटी (जेसीभीआई) ले शुक्रबार गर्भवतीहरुलाई संभव भएसम्म फाइजर र मोर्डनाको खोप रोज्न सल्लाह दिएको छ । ‘गर्भवती महिलाका लागि अन्य खोप असुरक्षित छन् भने कुनै प्रमाण छैन । यद्यपी, ती खोपहरुमा धेरै अनुसन्धान भने आवश्यक छ,’ जेसीभीआईले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top