ताजा समाचार


सर्वदलीय बैठकमा प्रधानमन्त्री ओली सभामुख सापकोटामाथि खनिए

द रियल समाचार     २०७८ बैशाख ४, शनिबार, १३: १६ मा प्रकाशित




काठमाण्डौ । सर्वदलीय बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली सभामुख अग्नि प्रसाद सापकोटामाथि खनिएका छन् । संसदीय कामकारबाहीमा सभामुखले भाँजो हालेको आरोप लगाउँदै उनकै कारण संसद बन्धक बनेको ओलीले आरोप लगाए ।

प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बोलाइएको सर्वदलीय बैठकमा ओलीले सभामुखको अराजकताले सरकारले काम गर्न नसकेको समेत दावी गरे । बैठकमा सहभागी भएर बाहिरिएका राप्रपा अध्यक्ष डा.प्रकाशचन्द्र लोहनीले ओलीले सभामुखको भूमिकामाथि प्रश्न उठाएको जानकारी दिए ।

डा.लोहनीले प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै भने,‘ यसको निकाश कसरी खोज्ने भनेर दलहरुसँग प्रधानमन्त्रीले राय माग्नुभयो । सर्वदलीय बैठकमा उहाँले सभामुखप्रति आक्रोश पोख्नुभयो । सभामुख अराजक बन्नुभयो, उहाँले संसदलाई बन्धक बनाएर सरकारलाई कामै गर्न दिनुभएन भन्ने प्रधानमन्त्रीको भनाइ रह्यो ।’

बैठकमा आफूले राजनीतिक निकास खोजेर कोरोना नियन्त्रण लगायतका महत्वपूर्ण काममा लाग्न सरकारलाई सुझाव दिएको डा.लोहनीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top