ताजा समाचार


नेपालमा एक सिंगे गैँडाको संख्या बढेपछि अमेरिका उत्साहित

द रियल समाचार     २०७८ बैशाख ४, शनिबार, १२: ४५ मा प्रकाशित




काठमाण्डौ । दुर्लभ रहेको एक सिंगे गैँडाको संख्या नेपालमा बढेपछि अमेरिकाले आफू उत्साहित भएको प्रतिक्रिया दिएको छ । अमेरिकी दुतावासले गैँडा संरक्षणमा नेपाल सफल भएको समाचारले आफूहरु उत्साहित भएको जनाएको छ ।

पछिल्लो ५ वर्षमा नेपालमा गैँडाको संख्या १०७ ले बढेको भन्दै दूतावासले उक्त समाचार सेयर गर्न पाउँदा आफूहरु उत्साहित भएको उल्लेख गरेको छ । उसले नेपालमा वन्यजन्तु संरक्षणमा सघाउने एउटा विकास साझेदार भएकाले आफूहरु खुसी भएको जनाएको छ ।

युएसएआइडी नेपालमार्फत नेपालमा दशकौँसम्म वन्यजन्तुको संरक्षण र सो कार्यको प्रवर्द्धनमा सघाउने एक विकास साझेदार भएकाले गैँडा संरक्षणमा मिलेको सफलतामा आफूहरु खुसी भएको दूतावासको प्रतिक्रिया छ ।

दूतावासले उक्त सफलतामा नेपालस्थित अमेरिकी मिसन, नेपालमा वन्यजन्तु संरक्षणको लागि अहोरात्र खटिने समुदाय, सरकारी निकायहरू, विकास साझेदारहरू, तथा नागरिक समाजसहित सबैलाई बधाई पनि दिएको छ ।
–फरकधार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top