ताजा समाचार


सर्वदलीय बैठक जारी, यादव र भट्टराईलाई बैठकमा बोलाइएन

द रियल समाचार     २०७८ बैशाख ४, शनिबार, १२: ३५ मा प्रकाशित




काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले डाकेको सर्वदलीय बैठक अहिले बालुवाटारमा जारी रहेको छ ।

बैठकमा एमाले, कांग्रेस, जसपा, राप्रपा लगायतका दलका नेताहरु सहभागी छन् । तेस्रो ठूलो दल माओवादी केन्द्रले बहिष्कार गरेको सर्वदलीय बैठकमा जसपाको एउटा घटक सहभागी छैन् ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई बोलाइए पनि उनी बैठकमा गएका छैनन् । तर जसपाका एक अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईलाई भने बैठकमै नबोलाइएको स्रोतले जनाएको छ । उनीहरुलाई व्यक्तिगत रुपमा बैठकमा नबोलाइएपछि नगएको स्रोतको भनाइ छ ।

प्रधानमन्त्री ओलीले शुक्रबार प्रचण्डसहित अधिकांश नेतालाई आफैँ फोन गरेर सर्वदलीय बैठकमा बोलाएका थिए । प्रतिनिधिसभामा सहभागी सबै दलका शीर्ष नेतालाई बैठकमा बोलाइएको छ । समसामयिक विषयमा छलफल गर्न सर्वदलीय बैठक डाकिएको प्रधानमन्त्रीले जानकारी दिएका छन् ।

बैठकमा जसपाका तर्फबाट अध्यक्ष महन्थ ठाकुर, लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ला सहभागी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top