सर्लाही । सर्लाहीमा एक कुखुरा फर्ममा चट्याङ्ग लागेर आगलागी भएको छ । जिल्लाको ईश्वरपुर नगरपालिकास्थित फर्मभित्र आगलागी हुँदा १ हजार २ सय कुखुराका चल्ला जलेर मरेको प्रहरीले जनाएको छ ।
हावाहुरीसँगै परेको चट्याङ्गले शुक्रबार राति साढे ८ बजेतिर ईश्वरपुर नगरपालिका–७ पोखरी टोलमा उदयराय यादव र राजेश पटेलले संयुक्त रुपमा सञ्चालन गरेको कुखुरा फर्ममा आगलागी भएको हो ।
आगलागीमा परी १ हजार २ सय कुखुराको चल्ला र ५० बोरा दाना पूर्ण रुपमा जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता प्रहरी नायव उपरिक्षक मदन कुँवरले जानकारी दिए ।
आगलागीबाट १० लाख रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया