ताजा समाचार


धनुषामा पतीको निधन भएको दश मिनेट नबित्दै पत्नीको पनि निधन

द रियल समाचार     २०७८ बैशाख ४, शनिबार, १२: २१ मा प्रकाशित




जनकपुरधाम । धनुषामा पतीको निधन भएको दश मिनेट नबित्दै पत्नीको पनि निधन भएको छ । जिल्लाको हंसपुर नगरपालिका वडा नम्बर–८ रमनगरामा पतीको मृत्यु भएको दश मिनेटको अन्तरामा पत्नीको पनि निधन भएको हो ।

शनिबार बिहान स्थानीय ७६ वर्षीय वृद्ध दरवारी मण्डलको निधिन भएको १० मिनेट नबित्दै उनको श्रीमती ७१ वर्षीया मलेछिया देवी मण्डलको पनि निधन भएको हंसपुर नगरपालिकाका मेयर रामज्ञान मण्डलले जानकारी दिए ।

मण्डल रमनगराका प्रतिष्ठित व्यक्ति मध्येका एक भएका कारण उनको निधनले सम्पूर्ण ग्रामवासी शोकमा रहेकै बेला उनको पत्नीको निधनले गाउँबासीलाई थप शोकमग्न बनाएको छ ।

दुवैजनाको प्रेम र सद्भावकै कारण यस्तो संयोगपूर्ण बैकुण्ठ बास भएको स्थानीय बताउँछन् । गाउँलेहरुले यस्तो संयोगलाई एक अर्का प्रतिको सम्पर्णको संज्ञा दिएका छन् ।

मेयर मण्डलले मण्डल दम्पतीको निधनप्रति समवेदना प्रकट गर्दै शोक सन्तप्त परिवारप्रति धैर्य धारण गर्ने शक्ति माता जानकीले प्रदान गरुण भनि कामना गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top