ताजा समाचार


‘फ्लोर क्रस’ गर्ने एमालेका ५ जना सांसदलाई निलम्बर गरिँदै

द रियल समाचार     २०७८ बैशाख ३, शुक्रबार, १९: ११ मा प्रकाशित




सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको पक्षमा उभिएका पाँचजना सांसदलाई नेकपा एमालेले कारबाही गर्ने भएको छ ।

शाही नेतृत्वको सरकारलाई बचाउने पक्षमा मतदान गरेका प्रकाश ज्वालासहितका सांसदहरुलाई एमालेले कारबाहीका लागि संसदीय दलको आकस्मिक बैठक डाकेको हो । संसदीय दलको आकस्मिक बैठकले ह्विप उल्लंघन गर्दै ‘फ्लोर क्रस’ गर्ने प्रकाश ज्वाला, कुर्मराज शाही, नन्दसिंह बुढा र अम्बरबहादुर थापालाई कारबाही सिफारिस गर्ने भएको छ ।

दलको ह्वीप उल्लंघन गर्दै उनीहरुले सरकारलाई विश्वासको मत दिएपछि सांसद पदबाट निलम्बन तयारी भएको हो । प्रदेश सभामा मतदानका क्रममा पूर्व आर्थिक मामिला मन्त्री ज्वालासहित पाँच सांसदले फ्लोर क्रस गरेका थिए ।

एमालेका यी सांसदले विश्वासको मतको पक्षमा मतदान गरेपछि महेन्द्रबहादुर शाहीको सरकारको आयु लम्बिएको छ । आजै एमाले सांसद देवी ओलीले विश्वासको मतको पक्षमा उभिएर पनि फिर्ता गरेकी छन् । शाहीको पक्षमा बहुमत जुटेको थाहा पाएपछि उने आफ्नो मत सच्याएकी हुन् ।

कर्णालीमा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षीय ९ जना सांसद थिए । जसमा शाहीलाई बहुमत आवश्यक चारजना सांसदहरुले फ्लोर क्रस गरेका हुन् । शाहीलाई २० मत आवश्यक थियो । तर माओवादीका १२ र कांग्रेसका ६ सहित १८ मत मात्रै थियो । यस्तोमा एमालेका सांसदहरुले फ्लोर क्रस गरेर उनको कुर्सी जोगाइदिएका हुन् ।

शाहीको पक्षमा २२ मत परेको थियो भने विपक्षमा १५ मत मात्रै परेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top