ताजा समाचार


त्रिदेशीय टि–२० अन्तर्राष्ट्रिय सिरिजमा खड्काको स्थान सन्दीपले लिने

द रियल समाचार     २०७८ बैशाख ३, शुक्रबार, १९: ०५ मा प्रकाशित




काठमाण्डौ । त्रिदेशीय टि–२० अन्तर्राष्ट्रिय सिरिजमा अनुभवी खेलाडी पारस खड्काको स्थान युवा ब्याट्सम्यान सन्दीप जोराले लिने भएका छन् ।

अभ्यासको क्रममा घाइते भएका पारसले सिरिज गुमाउने पक्का भएपछि नेपाल क्रिकेट संघ (क्यान) ले सन्दीपलाई टिममा बोलाएको हो ।
सन्दीप निकै आक्रामक ब्याटिङका लागि परिचित छन् । उनले सन् २०१९ मा युएई विरुद्धको टि–२० डेब्युमै अर्धशतक प्रहार गर्दै विश्वकीर्तिमान बनाएका थिए ।

सन्दीप १७ वर्ष १०३ दिनमा अविजित ५३ रनको पारी खेल्दै टि–२० अन्तर्राष्ट्रियमा अर्धशतक प्रहार गर्ने सबैभन्दा कान्छा खेलाडी बनेका थिए ।
सन्दीपले नेपालका लागि ६ अन्तर्राष्ट्रिय टि–२० खेलेका छन् । नेपाल, नेदरल्यान्ड्स र मलेसिया सम्मिलित सिरिज डबल राउन्ड रोविनका आधारमा वैशाख ४ देखि ११ सम्म सञ्चालन हुनेछ ।

शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिताको उद्घाटन खेलमा नेपाल र नेदरल्यान्ड्स प्रतिस्पर्धा गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top