ताजा समाचार


भारतमा एकैदिन थपिए २ लाख १६ हजार ८५० कोरोना संक्रमित

द रियल समाचार     २०७८ बैशाख ३, शुक्रबार, १७: ४१ मा प्रकाशित




एजेन्सी । भारतमा पछिल्लो २४ घण्टामा २ लाख १६ हजार ८५० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

एकैदिनमा १ हजार १८३ जना संक्रमितको मृत्यु भएको भारतीय स्वास्थ्य मन्त्रालयले जनाएको छ । यससँगै भारतमा अहिलेसम्म कोरोनाबाट संक्रमित हुनेको संख्या १ करोड ४२ लाख ८७ हजार ७४० पुगेको छ ।

भारतपछि सबैभन्दा धेरै संक्रमित ब्राजिलमा फेला परेका छन् । त्यहाँ हिजो मात्रै ८० हजार ५ सयभन्दा धेरै संक्रमित थपिँदा ३ हजार ७७४ जनाको मृत्यु भएको छ ।

यसैगरी, अमेरिकामा थप झण्डै ७२ हजार संक्रमित फेला परेका छन् भने ८७७ जनाको मृत्यु भएको छ । टर्कीमा करिब ६१ हजार, फ्रान्समा ३८ हजार, जर्मनीमा ३० हजार र अर्जेन्टिनामा २४ हजारभन्दा धेरै संक्रमित फेला परेका छन् ।

पछिल्लो समय विश्वभरी कोरोना संक्रमितको दर बढिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top