ताजा समाचार


कर्णाली प्रदेशका मुख्यमन्त्री शाहीले पाए विश्वासको मत

द रियल समाचार     २०७८ बैशाख ३, शुक्रबार, १७: ३४ मा प्रकाशित




सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विश्वासको मत पाएका छन् । नेकपा एमालेका सांसदहरुले फ्लोर क्रस गरेपछि शाहीको सरकार जोगिएको हो ।

३९ सदस्यीय प्रदेशसभाको विश्वासको मत पाउन २० जना प्रदेशसभा सदस्यको मत आवश्यक भएकोमा मुख्यमन्त्री शाहीले २२ मत पाएका छन् ।

प्रदेशसभामा उनको दल नेकपा माओवादी केन्द्रका १२ जना सांसद मात्र छन् । त्यस्तै ६ जना सांसद रहेको नेपाली कांग्रेसले पनि मुख्यमन्त्री शाहीलाई विश्वासको मत दिएको थियो । एक सदस्य रहेको राप्रपा भने तटस्थ रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top