ताजा समाचार


प्रधानमन्त्री ओलीले बोलाए सर्वदलीय बैठक

द रियल समाचार     २०७८ बैशाख ३, शुक्रबार, १५: ३९ मा प्रकाशित




काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले भोली बिहान ११ बजेका लागि सर्वदलीय बैठक बोलाएका छन् ।

समसामयिक राजनीतिक विषयमा छलफल गर्न प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सर्वदलीय बैठक डाकिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

नेकपा माओवादी केन्द्र, नेपाली काँग्रेस र जसपाबीच वार्ता भइरहेको तथा सरकार समेत संकट परेको अवस्थामा प्रधानमन्त्री ओलीले सर्वदलीय बैठक आह्वान गरेका हुन् ।

यसैबीच नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री ओलीसँग टेलिफोन वार्ता भएको बताएका छन् । ललितपुरको एक कार्यक्रममा बोल्दै दाहालले ओलीले आफूलाई फोन गरेको बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top