ताजा समाचार


त्रि देशीय सिरिजमा पूर्वकप्तान पारस खड्का सहभागी नहुने

द रियल समाचार     २०७८ बैशाख ३, शुक्रबार, १५: ३३ मा प्रकाशित




काठमाण्डौ । वैशाख ४ देखि ११ गतेसम्म नेपालमा हुने त्रि देशीय सिरिजमा पूर्वकप्तान पारस खड्का सहभागी नहुने भएका छन् ।

गत आइतबार अभ्यास खेलका क्रममा बल क्याच गर्दा घाइते भएकाले उनले उक्त खेल गुमाउने भएका हुन् । खेलका क्रममा उनको दाहिने काँधको मांसपेशीमा समस्या आएको छ ।

चोटका कारण उनलाई डाक्टरले दुई साता आराम गर्न भनेका छन् । उनले यो सिरिज गुमाउनु परेको दुःख आफ्नो सामाजिक सञ्जालबाट जानकारी दिएका छन् ।

उनले आफू सिरिजमा खेल्न नसके पनि टिमले राम्रो प्रदर्शन गर्ने विश्वास व्यक्त गरेका छन् । टिम राम्रो रहेकाले खेल जित्न पर्याप्त रहेको उनले जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top