ताजा समाचार


भेरी अस्पतालमा परीक्षण गरिएकामध्ये करिब ७० प्रतिशतमा संक्रमण

द रियल समाचार     २०७८ बैशाख ३, शुक्रबार, १५: २९ मा प्रकाशित




नेपालगञ्ज । नेपालगञ्जस्थित भेरी अस्पतालमा पिसिआर परीक्षण गराएकाहरु मध्ये उच्च संख्यामा कोरोना संक्रमण पुष्टि भएको देखिएको छ । भेरी अस्पतालमा परीक्षण गरिएकामध्ये करिब ७० प्रतिशत व्यक्तिमा कोरोना संक्रमण देखिएको हो ।

बिहीबार १ सय ८३ जनाको नमुना संकलन गरेर पिसिआर परीक्षण गरिएकोमा शुक्रबार आएको रिपोर्टमा १ सय २७ जनामा कोरोना पोजेटिभ देखिएको भेरी अस्पतालका कोरोना फोकल पर्सन डा. संकेत रिसालले जानकारी दिए ।

नेपालगञ्जस्थित अन्य प्रयोगशालामा गरिएको परीक्षणमा पनि शत प्रतिशतसम्म नतिजा पाजेटिभ देखिएको डा. रिसालले बताए । भेरी अस्पतालका सबै कोभिड आइसोलेसनहरु संक्रमित बिरामीले भरिएको फोकल पर्सन डा.रिसालले जानकारी दिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top