काठमाण्डौ । विद्यालयमा कुनैपनि बिद्यार्थी, शिक्षक वा कर्मचारीलाई कोरोना संक्रमण देखिए एकसाता विद्यालय बन्द गर्न काठमाण्डौ महानगरपालिकाले आग्रह गरेको छ ।
महानगरपालिकाले आज महानगरका विद्यालयहरुलाई पत्राचार गर्दै यस्तो आग्रह गरेको हो । विद्यालयका शिक्षक, विद्यार्थी वा कर्मचारीमा कोरोना सक्रमण पाइएमा त्यो विद्यालय कम्तिमा एकसाता बन्द गर्न महानगरपालिकाले आग्रह गरेको छ ।
त्यस अवधिमा बैकल्पिक माध्यमबाट शिक्षण पढाइ सञ्चालन गर्न भनिएको छ । विद्यालयमा संक्रमणबाट बच्नका लागि पालना गर्नुपर्ने मापदण्डहरु अनिवार्य पालना गर्न समेत आग्रह गरिएको छ ।
प्रतिक्रिया