ताजा समाचार


नेकपा एमाले बागमती प्रदेशको संसदीय दलद्वारा बोर्ड गठन

द रियल समाचार     २०७८ बैशाख ३, शुक्रबार, १५: ०८ मा प्रकाशित




हेटौंडा । नेकपा एमाले बागमती प्रदेशको संसदीय दलले बोर्ड गठन गरेको छ ।

संसदीय दलका नेता तथा प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा शुक्रबार प्रदेश सभाको संसदीय दलको कार्यालयमा बसेको बैठकले १५ सदस्यीय संसदीय बोर्ड गठन गरेको हो ।

एमाले संसदीय दल, बागमती प्रदेशका प्रमुख सचेतक केशवराज पाण्डेले प्रदेश बोर्डमा नेता पौडेल, आफू स्वयम्, प्रदेशसभा सदस्य अष्टलक्ष्मी शाक्य, राजेन्द्र पाण्डे, अरूण नेपाल, शान्ति थिङ, उर्मिला कर्माचार्य, शशीजङ्ग थापा र सरस्वती बाटी रहेरको जानकारी दिए ।

पाण्डेका अनुसार संसदीय दलका नेता तथा प्रदेशका मुख्यमन्त्री पौडेलले तीन सदस्य मनोनीत गर्नेछन् । बोर्डमा दलका उपनेता र सचेतक पदेन सदस्य रहने व्यवस्था रहेको जनाइएको छ ।

संसदीय दलको आजको बैठकले संसदीय दलको संशोधित विधानलाई पारित गर्ने निर्णयसमेत गरेको प्रमुख सचेतक पाण्डेले बताए ।
–फरकधार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top