ताजा समाचार


वीरगञ्जबाट दुई किलो गाँजासहित १४ वर्षीय एक बालक पक्राउ

द रियल समाचार     २०७८ बैशाख २, बिहीबार, १७: २२ मा प्रकाशित




पर्सा । वीरगञ्जबाट दुई किलो गाँजासहित १४ वर्षीय एक बालक पक्राउ परेका छन् ।

इलाका प्रहरी कार्यालय इनर्वाबाट खटिएको टोलीले शंका लागी चेकजाँच गर्दा वीरगञ्जको शंकराचार्य गेटबाट बालकलाई पक्राउ गरेको हो ।

सो बालकको शरीरमा प्लाष्टिकले बेरेको अवस्थामा उक्त परिमाणको गाँजा फेला परेपछि उनलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

पक्राउ परेका बालकमाथि लागुऔषधसम्बन्धी कसूरमा अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

तस्बिर : सांकेतिक

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top