ताजा समाचार


वीरगञ्जबाट लागुऔषधसहित एक भारतीय नागरिक पक्राउ

द रियल समाचार     २०७८ बैशाख २, बिहीबार, १३: ५७ मा प्रकाशित




पर्सा । वीरगञ्जबाट लागुऔषधसहित एक भारतीय नागरिकलाई पक्राउ परेक छन् ।

पक्राउ पर्नेमा भारत बिहारको मोतिहारी घर भएका २५ वर्षीय भोला दास रहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

दासलाई वीरगञ्ज महानगरपालिका-१६ रजतजयन्ती चोकबाट वडा प्रहरी कार्यालय विर्ताबाट खटिएको प्रहरीले पक्राउ गरेको बताइएको छ ।

उनको साथबाट प्रहरीले डाइजेपाम ४ सय ९६ एम्पुल, फेनारगन ४ सय ९६ एम्पुल र सोही परिमाणको नुर्फिन बरामद गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top