ताजा समाचार


बारामा मोटरसाइकल दुर्घटनामा परी दुईजनाको मृत्यु

द रियल समाचार     २०७८ बैशाख २, बिहीबार, १३: २१ मा प्रकाशित




बारा । बारामा सवारी दुर्घटनामा परी दुईजनाको मृत्यु भएको छ ।

तिव्र गतिमा रहेको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको हो ।

बुधबार राती जितपुर सिमरा उपमहानगरपालिका-१६ स्थित पूर्व पश्चिम सडकखण्डको बालगंगा पुल नजिक ना.२७ प ६३६ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा सिरहाको सिरहा नगरपालिका-७ बस्ने ३९ वर्षीय सशीकान्त झा र नुवाकोटको बिदुर गाउँपालिका-७ बस्ने ३९ वर्षीय सानु काजी चित्रकारको मृत्यु भएको प्रहरीले जनाएको छ ।

निजगढबाट पथलैया तर्फ जाँदै गरेको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकलमा सवार दुबैजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिए ।

दुर्घटनामा परी गम्भीर घाइते भएका झाको उपचारको लागि अस्पताल लैजाँदै गर्दा बाटोमा र चित्रकारको उपचारको क्रममा वीरगञ्जको गण्डक अस्पतालमा बिहीबार बिहान सवा १ बजे मृत्यु भएको डिएसपी मिश्रले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top