ताजा समाचार


सल्हेश फूलबारीको जस्तै बटेश्वरमा पनि फूल फुल्यो, हेर्नेको भीड

द रियल समाचार     २०७८ बैशाख २, बिहीबार, ११: ०४ मा प्रकाशित




जनकपुरधाम । प्रत्येक वर्ष बैशाख १ गते सिरहाको प्रसिद्ध सल्हेश फूलबारीमा फूल्ने हारम फूल जस्तै फूल धनुषाको बटेश्वर गाउँपालिकामा पनि फुलेको देखिएको छ ।

बटेश्वर गाउँपालिका-१ लक्ष्मीनिबास सोनापुरका विजुली पासवानको बारीमा रहेको आँपको रुखमा बैशाख १ गते उक्त फूल फुलेको हो ।

सल्हेश फुलबारीमा फुल्ने हारम फूल जस्तै बटेश्वरमा पनि आँपको रुखमा त्यस्तो फूल फुलेपछि स्थानीयहरु अचम्मित भएका छन् ।

दैवीशक्तिका कारण सल्हेश फूलबारी जस्तै सोहि दिन यहाँ पनि सो फूल फुलेको स्थनीयको विश्वास छ । फूल हेर्न हिजोदेखि नै त्यस ठाउँमा भीड लागेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top