ताजा समाचार


गंगासागर घाटमा जुडशितल मनाइयो

द रियल समाचार     २०७८ बैशाख २, बिहीबार, १०: ४५ मा प्रकाशित




जनकपुरधाम । मिथिलाञ्चलमा मनाइने जुडशितल पर्व जनकपुरधामको गंगासागरमा समेत मनाइएको छ ।

जनकपुरधामका स्वच्छता अभियानीहरुले गंगासागर घाटमा जुडशितल मनाएका हुन् ।

स्वच्छता अभियानी सुरेश शर्माले भने,’प्रकृति र संस्कृतिको मिश्रण जुडशितल पर्वको दिनमा रुख विरुवामा जल अर्पण गरिन्छ र ठूलाबडाले घर परिवारको कान्छो सदस्यलाई टाउकोमा जल राखी बर्ष भरी शितल रहन र प्रगतिको कामना सहित आशिर्वाद प्रदान गर्छन् । यसले गर्दा हाम्रो संस्कृति र प्रकृती बिच अन्योन्याश्रीत सम्बन्ध रहेको बुझिन्छ । तसर्थ हामीले पनि वन, वनस्पती र जलको संरक्षण तथा स्वच्छता तर्फ सचेत भई संरक्षित र सुरक्षित प्राकृतिक सम्पदा आउने पुस्तालाई हस्तान्तरण गर्न सचेत रहनुपर्दछ ।’

सहभागीहरुले एक अर्कालाई माटोको टिका र टाउकोमा जल राखेर शुभकामना आदानप्रदान गरी कार्यक्रम सम्पन्न भएको छ ।

अधिवक्ता एवं सेभ हिस्टोरिकल जनकपुरधामका अध्यक्ष राजकुमार महासेठको अध्यक्षता एवं मधेशी आयोगका अध्यक्ष प्रा.डा. बिजय दत्तको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा सेभ हिष्टोरिकल जनकपुरधामका प्रमुख संरक्षक रामअशिष यादव, निती आयोगका उपाध्यक्ष प्रा.डा. भोगेन्द्र झा, पत्रकार महासंघ प्रदेश २ का अध्यक्ष राजेश कुमार कर्ण, जनकपुरधाम उद्योग वाणिज्य संघका उपाध्यक्ष अम्भु प्रसाद साह, स्वच्छता अभियानी सुरेश शर्मा, मैथिली साहित्यकार तथा पत्रकार सुजित झा लगायत नागरिक समाजका बिशिष्ट व्यक्तित्वहरूको उपस्थिती रहेको थियो ‌।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top