ताजा समाचार


आज जुडशितल पर्व मनाइँदै, प्रदेश २ मा सार्वजनिक विदा

द रियल समाचार     २०७८ बैशाख २, बिहीबार, १०: ३५ मा प्रकाशित




जनकपुरधाम । आज प्रदेश नम्बर २ सहितका मिथिलाञ्चल क्षेत्रमा  हर्षोल्लासपूर्वक जुडशितल पर्व मनाइँदै छ ।

यस दिन बिहान बिहानै घरका ठूलाबडाले आफुभन्दा सानाको शिरमा जल थपथपाएर आर्शीवाद दिने गर्छन् ।

वर्षभरि शितलता, सुख, समृद्धि, शान्ति, दीर्घायु एवम् उत्तरोत्तर प्रगति होस् भन्ने कामनाका साथ ठुलाबडा एवम् घरका जेष्ठ सदस्यले आफूभन्दा सानालाई आशीर्वाद दिने गर्छन् । आजका दिन रुखविरुवामा पानी हाल्नुका साथै खेतबारीमा मलजल समेत गर्ने गरिन्छ ।

सूर्यको तापबाट आकुलव्याकुल मानव लगायत रुखविरुवालाई शीतलता प्रदान गर्नु यस पर्वको मूल उद्देश्य हो । नयाँ वर्षमा जल सिँचित गर्दा बालबालिकाको मस्तिष्क शीतल हुने र वर्षभरि नै उसले राम्रो काम गर्ने जनविश्वास रहेको छ ।

आजैका दिन हिलोपानी समेत खेल्ने गरिन्छ । यस पर्वमा घरमा विशेष परिकार बनाएर खाने चलन पनि रहेको छ ।

यसैबीच, जुडशितल पर्वको अवसरमा प्रदेश २ सरकारले आज सार्वजनिक विदा समेत दिएको छ ।

आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र कुमार यादवले एक विज्ञप्ति जारी गर्दै जुडशितलको अवसरमा शुभकामना व्यक्त गर्नुका साथै आज प्रदेशभरि सार्वजनिक विदा रहेको जानकारी गराएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top