इटहरी । सुनसरीमा पौडी खेल्ने गएका दुई किशोरको डुबेर मृत्यु भएको छ ।
जिल्लाको इटहरी–१४ स्थित नर्भासा नहरमा पौडी खेल्ने गएका दुई किशोरको डुबेर मृत्यु भएको हो । मृत्यु हुनेमा इटहरी–७ का १४ वर्षीय आयुष भुर्तेल र सोही ठाउँ बस्ने १७ वर्षीय सायल चौधरी रहेको प्रहरीले जनाएको छ ।
मंगलबार साँझ ६ बजे नहरमा पौडी खेल्ने क्रममा दुबै जना डुबेर बेपत्ता भएका थिए । उनीहरूलाई स्थानीय र प्रहरीले फेला पारेर उपचारका लागि पठाएका थिए ।
दुबैलाई उपचारको लागि धरानस्थित बिपी प्रतिष्ठानमा लगिएकोमा उपचारको क्रममा भूर्तेलको राति ११ बजे र चौधरीको सवा ११ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
प्रतिक्रिया