एजेन्सी । इन्डोनेसियाको पूर्वी प्रान्त नुसा टेङ्गगारामा ‘सेरोजा’ आँधीका कारण १ सय ७८ जनाको मृत्यु भएको छ । आँधीमा परेर अन्य ४७ जना हराइरहेका सरकारी अधिकारीहरुले जनाएका छन् ।
सो प्रान्तका उप गभर्नर जोसेफ नाए सोइले भिषण आँधीले ठूलो जनधनको क्षति गरेको जानकारी दिए । इन्डोनेसियामा केही दिन अघि मात्र बाढी पहिरोमा परे दर्जनौँ व्यक्तिको मृत्यु भएको थियो भने सयौंको संख्यामा विस्थापित भएका थिए ।
यद्यपी त्यहाँको प्रकोप न्यूनीकरण एजेन्सीले आयोजना गरेको भर्चुअल प्रेस सम्मेलनमा प्रान्तीय अधिकारीले विस्थापित व्यक्तिहरुको संख्या घटेको जानकारी दिएका छन् । हाल अस्थायी आश्रयस्थलमा ७ हजार ८ सय ९५ जना बसिरहेका छन। यसअघि बाढी पहिरोको प्रकोपबाट सताइएका ३४ हजार ८३८ जना अस्थायी आश्रयस्थल बस्दै आएका थिए ।
इन्डोनेसियामा बाढी र पहिरोले प्रभावित क्षेत्रहरूमा घरहरु, सडक र पुलहरु ध्वस्त भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।
प्रतिक्रिया