ताजा समाचार


उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ कोरोना संक्रमित

द रियल समाचार     २०७८ बैशाख १, बुधबार, १५: १८ मा प्रकाशित




एजेन्सी । भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ कोरोना संक्रमित भएका छन् । बुधबार उनले ट्वीट गरेर आफू संक्रमित भएको जानकारी दिएका हुन् ।

उनले ट्वीटरमा लेखेका छन्, ‘लक्षण देखिएपछि मैले परीक्षण गराउँदा संक्रमण देखियो । अहिले सेल्फ आइसोलेशनमा छु । चिकित्शकको परामर्श पूर्ण रुपमा पालना गरेको छु । सबै काम भर्चुअल रुपमा गरिरहेको छु ।’

आफ्ना केही कर्मचारीमा कोरोना भाइरसको संक्रमण देखिएको र उनीहरुसँग सम्पर्क स्थापित भएकाले आइसोलेशनमा बसी परीक्षण गराएको उनले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top