ताजा समाचार


सिरहामा ट्याक्टरले ठक्कर दिँदा एक बालकको मृत्यु

द रियल समाचार     २०७८ बैशाख १, बुधबार, १५: १२ मा प्रकाशित




सिरहा । सिरहामा ट्याक्टरले ठक्कर दिँदा एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा लहान नगरपालिका–१९ का अजय यादवका साढे २ वर्षीय छोरा आशिक यादव रहेको प्रहरीले जनाएको छ ।

लहान–ठाडी सडकखण्डमा उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको स १ त ६२७९ नम्बरको ट्याक्टरले आफ्नै घर अगाडि खेलिरहेका बालकलाई ठक्कर दिएको थियो ।

ठक्करबाट गम्भीर घाइते भएका बालकलाई उपचारका लागि लहानस्थित रामकुमार उमाप्रसाद स्मारक अस्पतालमा प्राथमिक उपचारपश्चात थप उपचारका लागि विराटनगर लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

ठक्कर दिने ट्याक्टर र चालक प्रहरीको नियन्त्रणमा रहेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top