ताजा समाचार


नेपालमा तत्काल लकडाउन हुँदैन् : प्रधानमन्त्री ओली

द रियल समाचार     २०७८ बैशाख १, बुधबार, १५: ०२ मा प्रकाशित




काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा तत्काल लकडाउन नहुने बताएका छन् ।

नयाँ वर्षको अवसरमा आज विहान देशवासीको नाममा सम्बोधन गरेका प्रधानमन्त्री ओलीले अहिले नेपालमा लकडाउन गर्नुपर्ने अवस्था नभएको बताएका हुन् ।

तर, उनले परिस्थिति थप बिग्रिँदै गएमा लकडाउन गर्न सकिने पनि संकेत गरेका छन् । ‘सरकार सकेसम्म लकडाउनमा जान चाहँदैन,’ प्रधानमन्त्री ओलीले सम्बोधनमा भने, ‘तर, विकसित देशहरु पनि लकडाउनमा जान बाध्य छन् ।’

प्रधानमन्त्री ओलीको यो सम्बोधनले नेपालमा पनि लकडाउन हुनसक्छ भन्ने संकेत गरेको छ । सँगसँगै प्रधानमन्त्री ओलीले परिस्थिति बिग्रन दिन नहुने र स्वास्थ्य मापदण्ड पनि पालना गर्नुपर्ने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top