ताजा समाचार


महोत्तरीमा ट्रकको ठक्करबाट एकको मृत्यु, एक गम्भिर

द रियल समाचार     २०७७ चैत्र ३१, मंगलवार, १८: ४२ मा प्रकाशित




जनकपुरधाम । महोत्तरीको बर्दिबासमा ट्रकले मोटरसाइकललाई ठक्कर दिदाँ एकजनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा परी अर्का एकजना गम्भिर घाइते भएका छन् ।

सिन्धुलीबाट भिमानतर्फ जाँदै गरेको लु १ क ८४५० नम्बरको ट्रकले भिमानबाट बर्दिबासतर्फ आउँदै गरेको बा २ ग ९३३८ नम्बरको मोटरसाइकललाई ठक्कर दिदाँ सुनसरीको कालेपोखरी गाउँपालिकाका ३० वर्षीय नरेन्द्र दुलालको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय बर्दिबासले जनाएको छ ।

दुर्घटनामा परी मोटरसाइकलको पछाडी सवार २७ वर्षीय केदार वास्तोला गम्भिर घाइते भएका छन् । गम्भिर घाइते वास्तोलाको बर्दिबासस्थित अस्पतालमा उपचार भइरहेको छ भने ठक्कर दिने ट्रक र चालक इलाका प्रहरी कार्यालय बर्दिबासको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top