ताजा समाचार


पहिलो चरणको खोप लगाएकालाई वैशाख ७ गतेदेखि दोस्रो चरणको खोप लगाइने

द रियल समाचार     २०७७ चैत्र ३१, मंगलवार, १८: ३१ मा प्रकाशित




काठमाण्डौ । कोरोनाविरूद्धको पहिलो चरणको खोप लगाएकालाई वैशाख ७ गतेदेखि दोस्रो चरणको खोप लगाइने भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सूचना जारी गर्दै दोस्रो चरणको खोप वैशाख ७ गतेदेखि ११ गतेसम्ममा लगाइने जनाएको हो । माघ १४ गतेदेखि फागुन १० गतेसम्ममा पहिलो चरणको खोप लगाएकाहरूलाई दोस्रो चरणको खोप लगाउन लागिएको हो ।

मन्त्रालयले सबै स्वास्थ्यकर्मी, कर्मचारी, सुरक्षाकर्मी, सरसफाइकर्मी, पत्रकार, कूटनीतिक नियोगका कूटनीतिज्ञ तथा कर्मचारीहरूलाई सो खोप दिन लागेको जनाएको छ । दोस्रो चरणको खोप लिनलाई खोप कार्ड अनिवार्य लिएर खोप केन्द्रमा जान भनिएको छ । गत माघ १४, १५, १६, १७ र २६ गते खोप लगाएकालाई वैशाख ७ गते लगाउन भनिएको छ ।

माघ १८, १९, २०, २१, र २७ गते लगाउनेले वैशाख ८ गते लगाउन मिति तोकिएको छ । माघ २२, २३, २४, २८ र फागुन २ गते लगाउनेले वैशाख ९ गते, माघ २९ र फागुन ३,४,५, ६ गते लगाउनेलाई वैशाख १० गते र माघ ३० र फागुन ७,८,९ र १० गते लगाउनेलाई ११ गते लगाउन भनिएको छ ।

खोप बिहान १० बजेदेखि ४ बजे सम्म लगाइने मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top