ताजा समाचार


महोत्तरीमा नेपाली सेना सवार जीप दुर्घटना, ५ जना घाइते, २ को अवस्था गम्भीर

द रियल समाचार     २०७७ चैत्र ३१, मंगलवार, १८: २६ मा प्रकाशित




जनकपुरधाम । महोत्तरीमा नेपाली सेनाको जीप दुर्घटना हुँदा ५ जना घाइते भएका छन् ।

नेपाली सेना सवार बलेरो जीप खोल्सामा खस्दा ५ जना सैनिक घाइते भएका हुन् । घाइते मध्ये २ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी ३३ वर्षीय जमदार बुद्धमान राई, ३४ वर्षीय अमल्दार सन्तोष विष्ट, ३४ वर्षीय पियूठ अमल थापा, २४ वर्षीय दशरथ थारु र ३८ वर्षीय गाडी चालक चेतराज राई घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बर्दिबासले जनाएको छ । घाइते मध्ये जमदार राई र अमल्दार विष्टको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी सामान्य घाइते भएकाहरूको बर्दिबासस्थित जनसेवा हस्पिटलमा उपचार भइरहेको छ भने गम्भीर घाइतेहरूलाई थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं पठाउन लागिएको छ ।

मध्यपूर्वी पृतना तालिम शिक्षालय धारापानी धनुषाबाट बर्दिबासतर्फ जाँदै गरेको बा २ झ ४६३ नम्बरको जीप अनियन्त्रित भई खोल्सामा खसेको जिल्ला ट्राफिक प्रहरी कार्यालय बर्दिबासका प्रहरी निरीक्षक कैलाश खत्रीले जानकारी दिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top