ताजा समाचार


सप्तरीमा भैँसी बाँध्ने डोरीमा अल्झिएर एक वृद्धाको मृत्यु

द रियल समाचार     २०७७ चैत्र ३१, मंगलवार, १६: २९ मा प्रकाशित




सप्तरी । सप्तरीमा भैँसी बाँध्ने डोरीमा अल्झिएर एक वृद्धाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा बलान बिहुल गाउँपालिका–३ महुवा टोल बस्ने करिब ७० वर्षीया जयावती देवी मण्डल रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक माधव प्रसाद काफ्लेले जानकारी दिए ।

मण्डल खेतमा भैँसी चराउन जाँदा एक्कासी भैँसी उम्केपछि भैँसीको डोरी हातमा अल्झिएको थियो । डोरी अल्झेपछि भैँसीले घिसार्दा उनको टाउको, अनुहार र शरीरको विभिन्न भागमा चोट लागेको थियो ।

गम्भीर घाइते मण्डललाई तत्काल उपचारका लागि स्थानीय मेडिकल चनही तर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको डीएसपी काफ्लेले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top