ताजा समाचार


नेपालमा सोमबार १३ जना कोरोना संक्रमितको मृत्यु

द रियल समाचार     २०७७ चैत्र ३०, सोमबार, १७: ४१ मा प्रकाशित




काठमाण्डौ । नेपालमा पछिल्लो २४ घण्टामा १३ जना कोरोना संक्रमितको मृत्यु भएको छ भने ४९६ जना नयाँ संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार ५३ पुगेको छ भने संक्रमितको संख्या २ लाख ८० हजार ५२४ पुगेको छ ।

सोमबार थप १३८ जना संक्रमणमुक्त भएका छन् । योसँगै संक्रमणमुक्त हुनेको संख्या २ लाख ७४ हजार १६५ पुगेको छ ।हाल नेपालमा ३ हजार ३०६ जना आइसोलेसनमा छन् भने ८५ जना क्वारेन्टिनमा रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top