जनकपुरधाम । विखण्डनकारी राजनीतिबाट मूलधारमा आएका डा. सिके राउत जनमत पार्टीको अध्यक्ष चुनिएका छन् । राउत निर्विरोध अध्यक्ष चुनिएका हुन् ।
गएको शनिबार महाधिवेशन सुरू भएको जनमत पार्टीको अध्यक्ष र महासचिवबाहेक अरू पदमा निर्वाचन भएको छ । निर्वाचनको मत परिणाम आज बिहान आएको छ ।
जनमत पार्टीको पहिलोपटक भएको महाधिवेशनबाट उपाध्यक्षमा अब्दुल खान र बसन्त कुशवाहा विजयी भएका छन् । महासचिवमा यसअघि नै चन्दन सिंह निर्विरोध भइसकेका छन् ।
जनमत पार्टीले अहिले २५ सदस्यीय केन्द्रीय कार्यसमिति बनाएको छ । जसमा २३ जना सदस्यका लागि निर्वाचन भएको थियो । कार्यसमितिमा ८ जना महिला पनि सदस्य बनेका छन् ।
जनमत पार्टीको केन्द्रीय समिति चयन गर्नका लागि ४ हजार ५ सय प्रतिनिधिले मतदान गरेका थिए ।
प्रतिक्रिया