ताजा समाचार


एमालेतर्फ लागेको भन्दै प्रदेश २ का चारजना सांसद बर्खास्त

द रियल समाचार     २०७७ चैत्र ३०, सोमबार, १२: ३५ मा प्रकाशित




जनकपुरधाम । नेकपा माओवादी केन्द्रले प्रदेश २ का चारजना  सांसदलाई बर्खास्त गरेको छ ।

माओवादी केन्द्र छाडेर नेकपा एमालेतर्फ लागेको भन्दै पार्टीको केन्द्रीय समितिले प्रदेशसभा सदस्यहरु रामचन्द्र मण्डल, ज्वाला कुमारी साह, कुन्दनप्रसाद कुशवाहा र मोहम्मद समीरलाई बर्खास्त गरेको हो । पार्टीले उनीहरूसँग  स्पष्टीकरण पनि सोधेको थियो । योसँगै उनीहरूको सांसद पद समेत गुमेको छ ।

ति चारजना सांसदहरुलाई बर्खास्त गरेको पत्र नेकपा माओवादी केन्द्रले प्रदेशसभा सचिवालयलाई समेत बुझाइसकेको छ ।

२४ घण्टाभित्र स्पष्टीकरण नदिएपछि उनीहरुलाई बर्खास्त गरिएको एकजना प्रदेशसभा सदस्यले जानकारी दिए ।

प्रदेश २ मा नेकपा माओवादी केन्द्रका ११ जना सांसद रहेकोमा ४ जना बर्खास्तीमा परेपछि अब ७ जना मात्रै रहने भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top