ताजा समाचार


फलामले थ्री फेज छुँदा दम्पतीको मृत्यु 

द रियल समाचार     २०७७ चैत्र ३०, सोमबार, ११: ४४ मा प्रकाशित




हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर-९ शान्तिचोकमा करेन्ट लागेर एक दम्पतीको ज्यान गएको छ।

मृत्यु हुनेमा सोही ठाउँ बस्ने ३५ बर्षीय समिर पाख्रिन र उनको ३० बर्षीया श्रीमती अन्सु पाख्रिन रहेको मकवानपुर प्रहरीले जनाएको छ।

दम्पतीले घरमा रहेको तारलाई फलामको डन्डिले उठाउन खोज्दा थ्रीफेज लाइनमा फलामले छुन् पुगी करेन्ट लागेको र दुवैजनालाई उपचारको लागि हेटौंडा अस्पताल ल्याइएकोमा उपचारको क्रममा मृत्यु भएको मकवानपुर प्रहरी प्रवक्ता डिएसपी जयश्वर रिमालले बताएका छन् ।

मृतक दम्पतीको शव हेटौंडा अस्पतालको शवगृहमा राखिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top