ताजा समाचार


विपद् र युवाको सवाल समुदायबाटै उठाउने विषयमा अभिमुखिकरण

द रियल समाचार     २०७७ चैत्र २९, आईतवार, २०: ०४ मा प्रकाशित




–विनोद कुमार महतो, जनकपुरधाम । विपद् र युवाको सवाल समुदायबाटै उठाउने विषयमा स्वयमसेवी पत्रकारहरुको लागि जनकपुरमा एकदिने अभिमुखिकरण कार्यक्रम आयोजना गरिएको छ ।

अकोराव र भिएसओकोे आयोजनमा जनकपुरधाममा आयोजित सो अभिमुखिकरणमा विपदमा युवाहरुले खेल्नुपर्ने भुमिका, समुदायको आवाज र सवाल लगायतको विषय समुदायबाटै उठाउने विषयमा सहजीकरण गरिएको छ । धनुषाका युवा सञ्जाल, रेडियोकर्मी तथा पत्रकारहरुलाई लक्षित गरी अभिमुखिकरण आयोजना गरिएको हो ।

अभिमुखिकरणमा विपद् पूर्व तयारी र जलवायु परिवर्तनका सवाल उठाउन सामुदायिक पत्रकारितामा युवाहरुको सहभागिता, स्वयमसेवी पत्रकारले जान्नुपर्ने आधारभूत विषय, आचारसंहिता, स्वयमसेवी पत्रकारको सिमा, रेडियो पत्रकारिता, रिपोर्ट, समाचार, भक्स पप, रेडियो सामग्रीको उत्पादन गर्ने तरिका, अन्तवार्ता लिने र समुदायसँग कुराकानी गर्ने तौरतरिका लगायतको विषयमा सहजकर्ताद्धारा अभिमुखिकरण गरियो ।

सो अभिमुखिकरणमा अकोराव तथा सिआइएनको म्यानेजर दिपक आर्चाय र भिएसओका प्रतिनिधी कृति भट्टराईले सहजीकरण गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top