ताजा समाचार


महेन्द्रसिंह धोनीलाई १२ लाख जरिवाना

द रियल समाचार     २०७७ चैत्र २९, आईतवार, १२: ४६ मा प्रकाशित




एजेन्सी । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बिसिसिआई) ले आइपिएल टिम चेन्नई सुपर किंग्सका कप्तान महेन्द्रसिंह धोनीलाई १२ लाख भारतीय रुपैयाँ जरिवाना लगाएको छ ।

आइपिएल अन्तर्गत शनिबार भएको दिल्ली क्यापिटल्स विरुद्धको खेलमा न्युनतम ओभर गति नियमको उल्लङ्घन गरेको भन्दै धोनीलाई जरिवाना लगाइएको आइपिएलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

चेन्नईले न्युनतम ओभर गति नियम अनुसार बलिङ गर्न नसकेर खेल निर्धारित समय भन्दा ढिला सम्पन्न भएको आइपिएलले जनाएको छ ।दिल्ली विरुद्धको उक्त खेलमा चेन्नई ७ विकेटले पराजित भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top