ताजा समाचार


गढिमाई नगरपालिकाले नगरबासिलाई निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउँदै

द रियल समाचार     २०७७ चैत्र २९, आईतवार, १२: ४१ मा प्रकाशित




बारा । बाराको गढिमाई नगरपालिकाले नगर क्षेत्रका बासिन्दालाई निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउन थालेको छ ।

त्यसका लागि दुई जना एम्बुलेन्स चालक चौबिसैं घण्टा तयारी अवस्थामा राखिएको र विरामीलाई वीरगञ्ज, चितवन र काठमाडौंसम्म पुर्याउने खर्च पालिकाले ब्यहोर्ने बताइएको छ ।

घातक रोग लागेका बिरामी र अति विपन्नहरुका लागि २५ हजारदेखी १ लाख रुपैयाँसम्म उपचार खर्च पनि पालिकाले उपलब्ध गराउने नगरप्रमुख उपेन्द्र प्रसाद यादवले जानकारी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top