ताजा समाचार


सिरहामा एकजना सुनचाँदी व्यवसायीको हत्या

द रियल समाचार     २०७७ चैत्र २९, आईतवार, १२: ०६ मा प्रकाशित




सिरहा । सिरहामा एकजना सुनचाँदी व्यवसायीको हत्या गरिएको छ ।

जिल्लाको लहान नगरपालिका वडा नम्बर-२३ मा ४५ वर्षीय सुनचाँदी व्यवसायी प्रदीप कुमार विश्वकर्माको लुटेरा समुहले हत्या गरेको हो ।लहान नगरपालिका-२३ गड्डाचोक डेरा गरी बस्ने विश्वकर्मामाथि लुटेरा समूहले धारिलो हतियार र गोली प्रहार गरेको प्रहरीले जनाएको छ ।

उनीहरूको आक्रमणबाट मृतककी ३५ वर्षीया पत्नी अनिता विश्वकर्मा घाइते भएकी छन् । उनको हातमा धारिलो हतियार प्रहार गरिएको सिरहाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुदीपराज भण्डारीले बताए ।

घाइते अनिताको लहानस्थित सप्तऋषि अस्पतालमा उपचार भइरहेको भण्डारीले बताए । प्रहरीका अनुसार घटना शनिबार राति साढे १२ बजे भएको थियो । घरमा सुतीरहेको समयमा लुटेरा समूहले बिक दम्पतीमाथि आक्रमण गरेको थियो ।

लुटेरा समूहको प्रतिकारका क्रममा बिकको मृत्यु भएको र श्रीमती घाइते भएको बताइएको छ । प्रहरीले घटनामा संलग्न भएको आशंकामा एक जनालाई पक्राउ गरेको छ ।

प्रहरीका अनुसार गोली हानी हत्या गरिएका यूवकको वडाध्यक्ष कन्हैया गुप्ताको घरमा सुनचाँदीको पसल थियो । श्रीमतीसँग त्यहीँ बसेका बेला लुटेरा समूहले गोली चलाएको बुझिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top