ताजा समाचार


प्रदेश २ को प्रदेश सभा बैठक भोली बस्दै

द रियल समाचार     २०७७ चैत्र २९, आईतवार, १०: ५९ मा प्रकाशित




जनकपुरधाम । प्रदेश नम्बर २ को प्रदेश सभा बैठक भोली बस्ने भएको छ ।

६ महिनामा अनिवार्य बैठक बस्नुपर्ने बाध्यात्मक व्यवस्थाका कारण बैठक बस्न लागिएको हो ।

६ महिनाको लामो अन्तरालपश्चात प्रदेश सभाको पाँचौं अधिवेशन सुरु गर्न लागिएको प्रदेश सभा सचिवालयले जनाएको छ । यसअघि चौथो अधिवेशन कात्तिक ४ गते सकिएको थियो ।

संसद् बैठकअघि कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाइए पनि सदस्यको टुङ्गो लाग्न नसक्दा बैठक बस्न नसकेको संसद् सचिवालयका निमित्त सचिव रञ्जित यादवले बताए ।

नेकपा विभाजन र जसपा एकता भएको र कार्य व्यवस्था परामर्श समितिको सदस्य फेरबदल गर्न दललाई पत्र पठाइए पनि उनीहरूले नाम नदिँदा समितिको बैठक अन्यौलमा परेको हो ।

भोली पाँचौं अधिवेशनको पहिलो बैठकमा प्रदेश प्रमुखको कार्यालयबाट आएको पत्रबारे जानकारी गराएर शुभकामना दिने कार्यसूची तय गरिएको छ ।

अन्य विषयमा दलहरूसँग छलफल भइरहेको निमित्त सचिव यादवले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top