ताजा समाचार


कर्णाली प्रदेश सरकारबाट राजीनामा दिएका तीन जना मन्त्रीको राजीनामा स्वीकृत

द रियल समाचार     २०७७ चैत्र २८, शनिबार, १७: ३९ मा प्रकाशित




सुर्खेत । कर्णाली प्रदेश सरकारबाट राजीनामा दिएका तीन जना मन्त्रीको राजीनामा स्वीकृत भएको छ ।

मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले राजीनामा दिएका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वाला, सामाजिक विकास मन्त्री दल रावल र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नन्दसिंह बुढाको राजीनामा स्वीकृत गरेका हुन् । यसअघि चैत्र २४ गते एमालेबाट मन्त्री बनेका तीन जनाले सरकारबाट बाहिरिएको भन्दै राजीनामा दिएका थिए ।

सर्वोच्च अदालतले एमाले र माओवादी पार्टी ब्यूँताएपछि चैत्र चार ४ एमाले संसदीय दलको बैठकले कर्णाली प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो । तर, एमालेभित्र माधव नेपाल समूहले उक्त निर्णय मानेको थिए । तर, ओली समूहको लामो समयको प्रयासपछि चैत्र २४ गते नेपाल समूहबाट मन्त्री बनेका तीनै जानाले राजीनामा दिएर निर्णयमा सहमति जनाएका थिए ।

राजीनामा स्वीकृत गर्दै मुख्यमन्त्री शाहीले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीको जिम्मेवारी आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारीलाई दिएका छन् । यस्तै आर्थिक मामिला तथा योजना मन्त्री र सामाजिक विकास मन्त्रीको जिम्मेवारी भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विमला केसीलाई दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top