ताजा समाचार


माओवादी केन्द्रको संसदीय दलको नेतामा साह चयन

द रियल समाचार     २०७७ चैत्र २८, शनिबार, ११: २० मा प्रकाशित




जनकपुरधाम । नेकपा माओवादी केन्द्रले प्रदेश नम्बर २ को संसदीय दलको नेता चयन गरेको छ ।

माओवादी केन्द्रको संसदीय दलको शुक्रबार बसेको बैठकले भरत प्रसाद साहलाई संसदीय दलको नेतामा सर्वसम्मत चयन गरेको हो ।

त्यसैगरी दलको उपनेतामा जगतप्रसाद यादव, प्रमुख सचेतकमा दिलिप साह र सचेतकमा रुवी कर्णलाई चयन गरिएको छ । पार्टीको प्रदेश नम्बर २ मा ११ जना प्रदेश सभा सदस्य रहेका छन् । जस मध्ये चार जना नेकपा एमालेमा गएका छन् ।

साहले विगतमा रामचन्द्र मण्डल संसदीय दलको नेता रहेको र उनी नेकपा एमालेमा गएपछि सो पदमा संसदीय दलका नेता चयन गर्नको लागि बैठक बसेको जानकारी दिए ।

उनले बैठकले आफुलाई संसदीय दलको नेतामा चयन गरेको र चार जना प्रदेश सभा सदस्यलाई स्ष्टीकरण सोध्न निर्णय गरिएको जानकारी दिए ।

सर्वोच्च अदालतको आदेश पछि नेकपा माओवादी केन्द्र र नेकपा एमाले अलग भएपछि चार जना नेताहरु पुर्व माओवादी केन्द्रमा नफर्किएर नेकपा एमालेतर्फ लागेपछि उनीहरुलाई स्पष्टीकरण सोधिएको बताए ।

स्ष्टीकरण सोधिएको प्रदेश सभाका सदस्यहरुमा रामचन्द्र मण्डल, ज्वाला साह, मो.समिर, कुन्दन कुशवाहा रहेका छन् । उनीहरु पार्टीमा नफर्किएको खण्डमा प्रदेश सभा सदस्यता खारेजीको प्रक्रिया थालनी गरिने समेत साहले बताए ।

त्यसैगरी संसदीय दलको विधान बनाउनका लागि विधान मस्यौदा समिति गठन गरिएको छ । समितिको संयोजकमा भरत प्रसाद साह, सदस्यहरुमा जगत यादव र रामकुमार यादव रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top