ताजा समाचार


वेलायतकी महारानी एलिजाबेथका श्रीमानको निधन

द रियल समाचार     २०७७ चैत्र २७, शुक्रबार, १९: १३ मा प्रकाशित




एजेन्सी । वेलायतकी महारानी एलिजाबेथका श्रीमान राजकुमार फिलिपको निधन भएको छ । उनको ९९ वर्षको उमेरमा निधन भएको बेलायतको राजदरबारले शुक्रबार विज्ञप्तिमार्फत जानकारी दिएको छ ।

‘महारानीले गहिरो दुखका साथ आफ्ना प्रिय पतिको निधनको घोषणा गर्नुभएको छ’ बेलायती राजदरबारको विज्ञप्तिमा भनिएको छ । केही समययता राजकुमार फिलिपको स्वास्थ्य खस्किदै गएको थियो ।

उनले सन् २०१७ देखि स्वास्थ्यकै कारण देखाएर राजदरबारमा आफ्नो जिम्मेवारी छाड्दै गएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top